Kathmandu Press

ट्रकले ठक्कर दिँदा ग्वार्कोमा पैदलयात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा ललितपुरको ग्वार्कोमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
ट्रकले ठक्कर दिँदा ग्वार्कोमा पैदलयात्रीको मृत्यु

काठमाडौं, असोज ८ : ट्रकले ठक्कर दिँदा ललितपुरको ग्वार्कोमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

गएराति सिन्धुलीका ४२ वर्षीय नरबहादुर कामीलाई ग्वार्कोमा बा २ ख ८४ ९५ ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै बीएनबी अस्पताल लगिएको थियो।

उनको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कामीको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने बा २ ख ८४ ९५ नम्बरको ट्रकका चालकलाई प्रहरी प्रभाव मङ्गलबजारले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०८:३१ बजे, शनिबार, असोज ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्