पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
गएराति खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
भरतपुर, असोज ८ : गएराति खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
यो वर्ष मात्रै दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०७:२८ बजे, शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












