Kathmandu Press

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

काठमाडाैं, असाेज ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन। आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गरे। परिषद्को भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ । साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए। विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी उमेरले एक  सय तीन वर्ष पुगिसकेका छन।

प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्