Kathmandu Press

१६औं स्मृति दिवसमा हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा

१६औं स्मृति दिवसमा हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा

काठमाडौं, असोज ७ : स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो ।

‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षकसहित आयोजना गरिएको कार्यक्रममा स्वर्गीय डा. गुरुङका विद्यार्थी प्राध्यापक डा. भीम प्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गरेका छन।
 
कार्यक्रममा डा. गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । ‘‘स्वर्गीय डा. गुरुङ यस्ता सर्वस्विकार्य व्यक्तित्व हुनुहुन्थ्यो कि उहाँले बोलेपछि सबैले विश्वास गर्थे । उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सीमित गर्नु कठीन छ । नेपालको भविश्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो । उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरुबाट पनि यो तथ्य प्रमाणित भएको छ’’, प्राध्यापक डा. सुवेदीले स्वर्गीय डा. गुरुङबारे भने।

Hardik ivf

भुगोल विद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. गुरुङको १६ वर्षअघि बन्य जन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा देहान्त भएको थियो ।

उनकै सम्झनामा एनएमएसहित गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त आयोजना स्मृति सभाको आयोजना गरेको हो ।

कार्यक्रममा एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले स्वर्गीय डा. गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताए। ‘‘नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उहाँ मन्त्री हुँदा एनएमएमार्फत प्राप्त कार्डलाई मान्यता प्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथ प्रदर्शक र अन्य कर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम उहाँले गर्नुभएको छ’’, अध्यक्ष शेर्पाले भने, ‘‘उहाँ नहुनुभएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’’

कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यू एराका योगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्