Kathmandu Press

समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेसकाे महत्वर्ण योगदान छ : सञ्चारमन्त्री कार्की

समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेसकाे महत्वर्ण योगदान छ : सञ्चारमन्त्री कार्की

काठमाडाैं, असाेज ७ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको बताएका छन।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार बितरण गर्दै मन्त्री कार्कीले समाज रुपान्तरणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको र समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको बताएका हुन।

हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उनको भनाइ छ । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चारजगतले खेलेको भुमिकाको स्मरण गरे।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई २०६३ सालदेखि वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्