Kathmandu Press

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असाेज ७ : नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ८ सय ३० पिसिआर परिक्षणका क्रममा ५३ जना र २ हजार २ सय ३९ एन्टिजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ७८ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा १ हजार ३ सय ७१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्