Kathmandu Press

बृहत नागरिक आन्दाेलनले डा. केसीकाे समर्थनामा प्रदर्शन गर्ने

बृहत नागरिक आन्दाेलनले डा. केसीकाे समर्थनामा प्रदर्शन गर्ने

काठमाडाैं, असाेज ७ : अनरसरत डा. गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने भएकाे छ। शनिबार मध्यन्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने भएकाे हाे।

विभिन्न सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।

तर डा. केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘बृहत् नागरिक आन्दोलनको प्रष्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वय नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।’

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्