Kathmandu Press

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओस : लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन्। वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ। लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन्। लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन्।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्