Kathmandu Press

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

रूकुमपूर्व : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन् ।

बिहीबार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए।

मल्लको खोजी गर्दै जाँदा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका–२ स्थित तिप्ताराको नदी किनारमा फेला परेको स्थानीय अन्जान ठकुरीले जानकारी दिएका छन। अप्ठ्यारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्