Kathmandu Press

आप्रवासी चढेको डुंगा डुब्दा सिरियामा ३४ को मृत्यु

आप्रवासी चढेको डुंगा डुब्दा सिरियामा ३४ को मृत्यु

दमासकस, असाेज ७ : लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुंगा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ। ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन्।

लेबनानबाट आएको सो डुंगा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। डुबेको डुंगाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुंगा साइप्रसका लागि हिँडेको बताएको छ।

डुंगामा क्षमताभन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर उक्त डुंगा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरुले जनाएका छन्। सो डुंगामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरु पनि रहेका बताइएको छ।

त्यस डुंगामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ। खोजीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्