Kathmandu Press

पाकिस्तानमा बाढीपहिरोका कारण थप २० को मृत्यु

पाकिस्तानमा बाढीपहिरोका कारण थप २० को मृत्यु

इस्लामाबाद, असाेज ७ : पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन्। 

पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ। पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ। 

Hardik ivf

बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन्। पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार ३ सय १२ जनावर मरेका छन्।

मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको बर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार  पाँच सय ९६ जनाको मृत्यु भएको छ।घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार जनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्।  घरबारविहीन भएका उनीहरु विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन्। 

उनीहरुलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ।

कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन्। कतिपय देश तथा निकायहरुले भने दिने चरणमा रहेको जनाएका छन्।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्