ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट
असोज ३ देखि शुरु भएको दशैं धमाका अफर १० गतेसम्म चल्नेछ ।काठमाडौं, असोज ७ : नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् । असोज ३ देखि शुरु भएको दशैं धमाका अफर १० गतेसम्म चल्नेछ ।
यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।
त्यस्तै, एनआइसी एसिया बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ५ सय रुपैयाँ) क्यासब्याक, हिमालय बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार), एनसिसि बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २ हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्यास ब्याक दिने भएको छ ।
त्यस्तै इसेवाबाट भुक्तानी गर्ने मध्ये अफर अवधीभर दैनिक २ जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए ।