सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईमा खुल्यो भर्ना
सशस्त्र प्रहरी बलले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असईमा भर्ना खुलाएको हो ।
काठमाडौं, असोज ७ : सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ।
सशस्त्र प्रहरी बलले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असईमा भर्ना खुलाएको हो ।
सूचना अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।
योग्यता पुगेमा नेपाली नागरिकले आगामी कात्तिक ७ गतेभित्र आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति: ०८:०९ बजे, शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार