Kathmandu Press

तीन महिलाले झापामा सुरु गर्दै साथीमार्टको नयाँ आउटलेट 

उक्त आउटलेट असोज ७ गते (शुक्रबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउने साथीमार्टले जनाएको छ । विभिन्न पेशा र परिवेशबाट आएका महिलाहरूले एकआपसमा मिलेर साथीमार्टसँग जोडिएका उनीहरू महिला सशक्तीकरणको एक राम्रो उदाहरण बनेका छन् ।
तीन महिलाले झापामा सुरु गर्दै साथीमार्टको नयाँ आउटलेट 

काठमाडौं, असोज ६ : नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट झापाको अर्जुनधारा–६ सनिश्चरेमा खुल्ने भएको छ । शिक्षण पेशामा लागेका अम्बिका खतिवडा, डिजाइनिङ स्टुडियो सञ्चालक मेनुका खतिवडा र गृहिणी बालकुमारी डुंगेल मिलेर उक्त फ्रेन्चाइज सञ्चालनमा ल्याउन लागेका हुन् । 

उक्त आउटलेट असोज ७ गते (शुक्रबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउने साथीमार्टले जनाएको छ । विभिन्न पेशा र परिवेशबाट आएका महिलाहरूले एकआपसमा मिलेर साथीमार्टसँग जोडिएका उनीहरू महिला सशक्तीकरणको एक राम्रो उदाहरण बनेका छन् ।

‘साथीमार्टको बारेमा विभिन्न माध्यमबाट जानकारी पाए पछि यसको फ्रेन्चाइज लिएर आफ्नै ठाउँमा पनि त्यसैगरी एक स्मार्ट स्टोर संचालन गर्ने निधो गरेका हौँ,’ अम्बिका खतिवडा भन्छिन् ‘सनिश्चरेमा यस मार्टलाई एउटा टिपिकल बिजनेसभन्दा पनि ग्राहकहरुलाई सुविधा दिने रूपमा अगाडि बढाउन खोजेका हौँ ।’ 

एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिएर ठूलो टिमसँग काम गर्दा पक्कै पनि फाइदाजनक हुने कुरामा उनीहरू विश्वस्त छन् । ग्राहकलाई लोकल लेभलमा स्मार्ट शपीङ अनुभव दिनु नै उनीहरूको मुख्य उद्देश्य रहेको छ ।

कुल एक हजार स्क्वायरफिटमा फैलिएको यस आउटलेटको उद्घाटन अर्जुनधारा, ६ का वडा अध्यक्ष हरिष चन्द्र बास्तोलाले गर्नेछन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट www.saathimart.com  मा आफुलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । 

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट) , ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्