Kathmandu Press

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुखबीच भेटवार्ता 

जङ्गी अड्‍डा भएको भेटमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक  हुतराज थापाको सहभागिता रहेको थियो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुखबीच भेटवार्ता 

काठमाडौं, असोज ६ : आगामी मंसिरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुखबीच भेटवार्ता भएको छ ।

जङ्गी अड्‍डा भएको भेटमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक  हुतराज थापाको सहभागिता रहेको थियो ।

Hardik ivf

नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै विशेषत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रिय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको थियो । 

प्रकाशित मिति: १९:२७ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्