Kathmandu Press

डा केसी र सरकारी टाेलीबीचकाे वार्ता बिना निष्कर्ष टुंगियाे

डा केसी र सरकारी टाेलीबीचकाे वार्ता बिना निष्कर्ष टुंगियाे

काठमाडाैं : अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता बिना निष्कर्ष टुंगिएकाे हाे।

Hardik ivf

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने भएकाे छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारकाे ८ बुँदे माग राख्दै डा. केसी  भदाै २७ गतेदेखि खनसनमा बसेका छन। मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्