Kathmandu Press

कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ३३ वर्षीया ललीता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका ५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं , असोज ६ : आफ्नै श्रीमती ३३ वर्षीया ललीता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका ५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शेर बहादुरको कुटपिटबाट ललीताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्