Kathmandu Press

सार्वजनिक सवारीसाधनमा लगाइएको २० वर्षे आयु पुनर्विचार गर्न माग

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेस टेस्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो।
सार्वजनिक सवारीसाधनमा लगाइएको २० वर्षे आयु पुनर्विचार गर्न माग

काठमाडाैं, असाेज ६ : स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारीसाधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेस टेस्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो।

सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नवीकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारीसाधनहरु तत्काल सवारीधनीहरुलाई फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिए।

उनले गाडीहरु आयुले नभई इञ्जिनले चल्ने भएकाले इञ्जिन सहि अवस्थामा रहेका सवारीसाधन चल्न पाउनुपर्ने बताए।

संगठनले यस विषयमा आफूहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ। 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्