Kathmandu Press

चार कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कार र अवज्ञाकाे घाेषणा

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले मंसिर चार गते हुने निर्वाचन बहिष्कार र अवज्ञाको घोषणा गरेका हुन्।
चार कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कार र अवज्ञाकाे घाेषणा

काठमाडाैं, असाेज ६ : साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने जनाएका छन्। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले मंसिर चार गते हुने निर्वाचन बहिष्कार र अवज्ञाको घोषणा गरेका हुन्।

मुलुकको संसदीय व्यवस्था दलाल पूँजीवादी रहेकाले चुनावमा भाग लिनु भनेको जनताको दुःख र शोषण–उत्पीडनलाई प्रश्रय दिनु भएकाले निर्वाचन वहिष्कार गर्ने निष्कर्षमा पुगेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले जानकारी दिए।

उनले जनताको हित गर्ने वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्न अपिल गर्ने निर्णय भएको बताए। उनले संसदीय निर्वाचन भएपनि मुलुकमा कहिल्यै राजनीतिक स्थायीत्व हुन नसक्ने धारणा राखे।

पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको संसदीय व्यवस्थाले जनघात र राष्ट्रघात बढेको बताए। संसदकै कारण मुलुकमा बैदेशिक हस्तक्षेप बढेको र संसद राष्ट्रघातको कारखाना भएको उनको भनाइ छ।

चार पार्टीले अहिलेको संसदीय व्यवस्थाको अन्त्यका लागि निरन्तर आवाज उठाउनेसमेत जनाएका छन्।

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्