Kathmandu Press

दक्षिणी अंगाेलामा कार दुर्घटना हुँदा १२ जनाको मृत्यु

तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताएका छन्।
दक्षिणी अंगाेलामा कार दुर्घटना हुँदा १२ जनाको मृत्यु

लोबिटो, असाेज ६ : अंगाेलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताएका छन्।

बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताएका छन्।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, असोज ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्