Kathmandu Press

जी-७ द्वारा रुसको बढ्दो कदमको निन्दा

जी-७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने  र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन्।
जी-७ द्वारा रुसको बढ्दो कदमको निन्दा

संयुक्त राष्ट्रसंघ, असाेज ६ : जी-७ का विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन्।

सात समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेका हुन्।  यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ। 

जी-७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने  र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन्।

‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने इयु विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भनेका छन्।
  
क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी-७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमतसंग्रह’ गर्ने योजनाको निन्दा गरेका छन्।

रुसी सेनाहरुको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उहाँँहरुले थप जानकारी दिएका छन्। उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निसाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्रको युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गरेका छन्।

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, असोज ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्