Kathmandu Press

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।
समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं, असोज ६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।

सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन्। 

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गरिन्। उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन्। 

मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्