Kathmandu Press

भुटानी शरणार्थी लालबहादुरको हत्यामा संलग्न पक्राउ

भुटानी शरणार्थी लालबहादुरको हत्यामा संलग्न पक्राउ

झापा, असोज ६ : दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन।

Hardik ivf

बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण सो घटना भएको हुनसक्ने आशङ्का गरिएको छ। 

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्