Kathmandu Press

यी प्रदेशमा भइरहेको छ वर्षा

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ ।
यी प्रदेशमा भइरहेको छ वर्षा
Hardik ivf

काठमाडौं, असोज ६ : मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ । राति भने सुदूरपश्चिम र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा आज मौसम सामान्य बदली रहे पनि वर्षाको सम्भावना छैन । यद्यपि, शुक्रबार दिउँसो काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको मामौसमविद् मानन्धरले बताइन्। उनले भनिन्, ‘बागमतीमा आज वर्षाको सम्भावना छैन् आंशिकदेखि सामान्य बदली रहने छ, भोलि साँझ बागमतीमा वर्षाको सम्भावना छ।’
     
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेश, गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको आज न्यूनतम तापक्रम २६ तथा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ।

प्रकाशित मिति: १०:२३ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्