Kathmandu Press

कस्तो छ आज देशभरको मौसम?

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कस्तो छ आज देशभरको मौसम?

काठमाडौं, असोज ६ : मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा समान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि समान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Hardik ivf

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केहि र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०३ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्