Kathmandu Press

निर्वाचन आयोगद्वारा भक्तपुरमा चार पालिकाका ५० जनालाई जरिवाना

निर्वाचन आयोगद्वारा भक्तपुरमा चार पालिकाका ५० जनालाई जरिवाना

भक्तपुर : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने भक्तपुरका चारवटा नगरपालिकाका ३३ प्रमुख तथा १७ उपप्रमुख गरी कूल ५० जना उम्मेदवारलाई जनही रु चार लाख ५० हजारका दरले जरिवना गरेको छ।
    
आयोगका अनुसार भक्तपुरमा चार जना निर्वाचित नगर प्रमुख तथा उपप्रमुखसहित पराजित भएका विभिन्न दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई जरिवाना गरेको हो । आयोगको कारबाहीबाट कूल दुई करोड २५ लाख जरिवाना आयोगले असुल गर्ने भएको छ ।
    
निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले गत साउन ३१ गते सात दिनभित्र स्पष्टीकरण पेश गर्न जारी गरेको सार्वजनिक सूचनाको समेत बेवास्ता गरेपछि गत भदौ ३१ गते आयोगको निर्णयले ढिलो गरी स्पष्टीकरण पेश गर्ने र स्पष्टीकरण नै नदिने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम जरिवानासहित कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति: २०:४१ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्