Kathmandu Press

गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग

काठमाडौं, असोज ५ : विदेशमा रहेका गैर आवासीय नेपालीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन् ।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

Hardik ivf

जनसम्पर्क समितिका सभापति शालिक गौतमले माग पत्र बुझाउँदै विदेशमा रहेका नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाली दुतावास मार्फत मतदानको व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याएको स्मरण गराउँदै मुलुकको राजनीतिक नेतृत्व चयन गर्न पाउने अवसर प्रदान गर्न आग्रह गरेका हुन् ।

नेपालको संविधानले हरेक नेपालीलाई मताधिकार हुने व्यवस्था गरेकाले विदेशमा रहेका नेपालीले पनि मतदानको अधिकार पाउनुपर्ने समितिको माग छ ।
 
प्रकाशित मिति: २०:३३ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्