Kathmandu Press

डा. केसी त्रिवि शिक्षण अस्पताल भर्ना, अनशन जारी राख्ने

डा. केसी त्रिवि शिक्षण अस्पताल भर्ना, अनशन जारी राख्ने

काठमाडाैं, असाेज ५ : चिकित्सा शिक्षा क्षेत्र सुधारकाे माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन। अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि उनी अस्पताल भर्ना भएका हुन।

विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेको १० औं दिनमा उनी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आएका हुन् ।

उनी भर्ना भएपछि उपचार सुरु गरिएको शिक्षण अस्पतालले जनाएको छ । अस्पताल भर्ना भए पनि अनशन जारी रह्ने उनका सहयोगी डा. अमृत जैसीले बताए ।

सरकारले मंगलबार नै नेपाली सेनाको हेलिकाेप्टरमा उद्धार गरेर काठमाडौं ल्याउन खोज्दा उनले अस्वीकार गरेका थिए ।

अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको थियो ।

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्