Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन

काठमाडाैं, असाेज ५ : जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले वीरगञ्जमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा बुधबार प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन्। उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरको थिए।

उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । जसपाका विद्यार्थी, युवा, देखि जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरु समेत प्रदर्शनमा सहभगी भएका छन् ।

 

प्रकाशित मिति: १८:३० बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्