Kathmandu Press

आफ्नै खर्चमा काठमाडौं आए डा. केसी

आफ्नै खर्चमा काठमाडौं आए डा. केसी

काठमाडौं, असोज ५ : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसी उपचारको लागि काठमाडौं हिँडेका छन। १० दिनदेखि अनसनरत केसी आफ्नै खर्चमा काठमाडौं हिँडेका हुन।

मंगलबार सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए।

उनी साँझको पौने ५ बजेको प्लेन मार्फत काठमाडौं प्रस्थान गरेका हुन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए ।

काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार गरिने जनाइएको छ ।

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्