काठमाडौं महानगरले लगायो बाह्य विज्ञापनमा रोक
महानगरपालिकाले आज बुधवार सूचना निकालेर अनुमति नलिइ वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड, डिजिटल बोर्ड र अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको हो ।
काठमाडौं, असोज ५ : काठमाडौं महानगरपालिकाले केन्द्रीय राजधानी सहरलाई नै कुरुप पार्ने बाह्य विज्ञापन निषेध गरेको छ ।
महानगरपालिकाले आज बुधवार सूचना निकालेर अनुमति नलिइ वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड, डिजिटल बोर्ड र अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको हो ।
यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गएको भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १८:२२ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार