Kathmandu Press

एकैपटक ४१ ठूला करदातालाई महानगरको पत्र, कर तिर्न १० दिनको अल्टिमेटम 

एकैपटक ४१ ठूला करदातालाई महानगरको पत्र, कर तिर्न १० दिनको अल्टिमेटम 

काठमाडौं, असोज ५ : काठमाडौं महानगरपालिकाले एकैपटक ४१ ठूला करदातालाई घरजग्गा र सम्पत्ति कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ। बुधबार पत्र लेख्दै महानगरले विभिन्न संघसंस्था, व्यक्ति र कम्पनी तथा सरकारी निकायहरुलाई १० दिनभित्र घरजग्गा र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो । 

महानगरले भि.जि अटोमोबाइल्स, आदर्श नगर बिजनेश प्रालि, रञ्जना ट्रेडर्स, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडीज, नेम इन्स्टिच्युट,  स्टार होल्डिङ, पुन्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स, वरुण वेभरेज लगायतका संस्थालाई राजस्व तिर्न निर्देशन दिएको छ। 

mahanagar patra 11663762215.png

 

     यस्तै जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

त्यस्तै रविन्द्र बहादुर मल्ल, सुभाष कुमार घिमिरे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, योगनाथ पौडेल लगायतका व्यक्तिहरुलाई पनि दस दिनभित्र घरजग्गा सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ। 

mahanagar patra1663762192.png

        महानगरले पठाएको पत्रमा सम्पत्ति विवरण सहित पत्र प्राप्त भएको मितिले दस दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई राजस्व बुझाउन अनुरोध गरेको छ । अन्यथा, महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी  बाँकी सरह असुलउपर गरिने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्