Kathmandu Press

राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोलन सुरु भइसक्याे, अदालती प्रक्रियाबारे छलफलमा छौं : प्रचण्ड

बुधबार एमाले परित्याग गरी माओवादीमा आएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको र त्यसविरुद्ध युवा र विद्यार्थीले सडक आन्दोलन सुरु गरिसकेकाे बताएका हुन्। 
राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोलन सुरु भइसक्याे, अदालती प्रक्रियाबारे छलफलमा छौं : प्रचण्ड

काठमाडौं, असोज ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोलन सुरु भइसकेको बताएका छन् । 

बुधबार एमाले परित्याग गरी माओवादीमा आएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको र त्यसविरुद्ध युवा र विद्यार्थीले सडक आन्दोलन सुरु गरिसकेकाे बताएका हुन्। 

अध्यक्ष प्रचण्डले राष्ट्रपतिले आफ्नो अधिकारमा नभएको कदम चालेको कारण कानुनी उपचार खोज्ने विषयमा पनि गठबन्धनमा छलफल भएको बताएका छन् । संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिएको हुनाले अदालततिर पनि जाने भनेर हामी अधिवक्ताहरुसँग छलफल गर्दै छौं,’ उनले भने। 

प्रचण्डले संविधान र व्यवस्था अनुसार नागरिकता विधेयक हिजो राती १२ बजेसम्म प्रमाणीत हुनैपर्ने भएपनि राष्ट्रपतिले त्यो नगरी जबरजस्ती गरेको बताए। ‘राष्ट्रपतिले संविधान मिचेर विधेयक प्रमाणीत नगर्ने काम गर्नुभयो ।उहाँको यो कदम संविधान, लोकतन्त्र, गणतन्त्र र समावेशी समानुपातिक मान्यताको विपरित छ,’ प्रचण्डले भने ।

वर्तमान संविधानले देशका सबै उत्पीडित वर्ग समूदायलाई अधिकारसम्पन्न गरको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदम उक्त अधिकारको विरुद्ध रहेको बताए । यस सम्बन्धमा गठबन्धनले पनि वक्तव्य जारी गरिसकेको उनले बताए ।

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्