Kathmandu Press

संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : खनाल

खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे। 
संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : खनाल

काठमाडाैं, असाेज ५ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन्।

बुधबार काठमाडौंमा नेपाल तमु संघ (समाजवादी) को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएकाहुन्।

नागरिकतासम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भए पनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए।

उनले आफ्नै देशको राष्ट्रपतिबिरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताउनुभयो। यसअघि पनि केपी ओलीको गुटले गरेको संसद बिघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे।

खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे। 

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्