Kathmandu Press

एमाले सुदूरपश्चिम कमिटी सदस्यसहित दर्जनौं नेता माओवादीमा प्रवेश 

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शंकरदत्त बोगटी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
एमाले सुदूरपश्चिम कमिटी सदस्यसहित दर्जनौं नेता माओवादीमा प्रवेश 

काठमाडौं, असोज ५ : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शंकरदत्त बोगटी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

कञ्चनपुरका बोगटी बुधबार माओवादी प्रवेश गरेका हुन् । उनीसँगै मोरङका दर्जनौं नेता कार्यकर्ता एमाले परित्याग गरी माअ‍ोवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । 

नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । 
 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्