Kathmandu Press

बलात्कार आरोपी नित्यानन्दले घोषणा गरे टापु किनेर इक्वेडर नजिकै हिन्दू देश !

बलात्कारका आरोपी नित्यानन्दलाई भारत सरकारले खोजिरहेको छ। तर उनी भने आफ्नै देश “कैलाशा” स्थापना गरेको खबर छ।

देशको ठेगाना रहस्य नै रहे पनि, वेबसाइ....

बलात्कार आरोपी नित्यानन्दले घोषणा गरे टापु किनेर इक्वेडर नजिकै हिन्दू देश !

बलात्कारका आरोपी नित्यानन्दलाई भारत सरकारले खोजिरहेको छ। तर उनी भने आफ्नै देश “कैलाशा” स्थापना गरेको खबर छ।

देशको ठेगाना रहस्य नै रहे पनि, वेबसाइटमा “आफ्नै देशमा हिन्दू धर्म अभ्यास गर्ने अधिकार गुमाएका विश्वभरिका निर्वासित हिन्दूहरूले सिर्जना गरेको सीमाहीन देश” उल्लेख गरिएको छ।

तर एउटा समाचारमा ट्रिनिडाड र टोबागो नजिकै रहेको इक्वेडरबाट नित्यानन्दले खरिद गरेको निजी टापु नै उनको देश रहेको दाबी गरिएको छ। यसअघि इन्डिया टुडेले नित्यानन्द नेपाल हुँदै इक्वेडर भागेको समाचार छापेको थियो।

वेबसाइटमा खुलाइए अनुसार, कैलाशा (kailaasa.org) “हिन्दू धर्म अभ्यास गर्ने, गर्न चाहने वा अत्याचारमा परेका हिन्दूका लागि सुरक्षित स्थल हो, जहाँ उनीहरू शान्तिपूर्वक बस्न सक्छन्। लाज, बाधा र हिंसामुक्त भएर आफ्नो अध्यात्म, कला र सँस्कृति अभिव्यक्त गर्न सक्छन्।”

वेबसाइटको आफ्नै विकिपिडिया पेज   नित्यानन्दपिडिया (nithyanandapedia.org) पनि छ। “नित्यानन्दपिडिया भगवान श्री नित्यानन्द परमशिवमका सबै ज्ञान र अभिव्यक्ति संकलन गर्ने प्रयास हो। उनले सिकाएका ज्ञानहरूलाई श्रव्यदृश्य सामग्री, लिखत, पुस्तक आदि स्वरूपमा एउटै स्थानमा राखेर तस्वीरसहित राखिनेछ” पेजमा भनिएको छ।

नित्यानन्दको रहस्यमयी देशमा हिन्दीका लागि कुनै स्थान छैन। त्यहाँको औपचारिक भाषा अंग्रेजी, संस्कृत र तमिल बताइएको छ। दश करोड आदि शैव  र दुई अर्ब हिन्दू जनसंख्या भएको पनि दाबी गरिएको छ। त्यति मात्रै नभएर कैलाशाको आफ्नै राहदानी र झण्डा पनि छ। राहदानीले “कैलाशा लगायत सबै एघार आयाम र चौध लोकमा नि:शुल्क प्रवेश” दिन्छ।

वेबसाइटमा स्वास्थ्य, प्रविधि, प्रबुद्ध सभ्यता, मानव सेवा, आवास, वाणिज्य र ट्रेजरीजस्ता विभाग सम्मिलित कैलाशाको आफ्नै क्याबिनेट भएको दाबी गरिएको छ। कैलाशाले सबैका लागि नि:शुल्क स्वास्थ्य सेवा, नि:शुल्क शिक्षा, नि:शुल्क खाना र मन्दिरमा आधारित जीवनशैलीको पुनरागमनमा विश्वास गर्ने वेबसाइटमा बताइएको छ।

बलात्कार, यातना, अपहरण र बालबालिकालाई गैरकानूनी रूपमा बन्दी बनाएको लगायतका थुप्रै अपराधमा इन्डियन पिनल कोड अन्तर्गत भारत सरकारले नित्यानन्दको खोजीरहेको छ।

नित्यानन्दको एउटा मुद्दामा गुजरात प्रहरीले दिल्ली पब्लिक स्कूल, अहमदाबादका प्रधानाध्यापक लगायत तीन जनालाई पक्राउ गरेको छ। उनलाई विवादास्पद स्वामी नित्यानन्दलाई आश्रम चलाउन जमिन लिजमा दिएको आरोप छ। 

घटनापछि सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सिबिएसइ) ले सरकारको मुल्यमान्यता उल्लंघन गरेकोले विद्यालयको सम्बन्धन खारेज गर्‍यो।
 

प्रकाशित मिति: ०७:१० बजे, आइतबार, मंसिर २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्