Kathmandu Press

डेंगु राेगबाट वाग्मती प्रदेशमा ११ जनाको मृत्यु

डेंगु संक्रमण देशव्यापी रुपमा फैलिएको छ। त्यसको सबैभन्दा प्रभाव वाग्मती प्रदेशमा परेको छ।
डेंगु राेगबाट वाग्मती प्रदेशमा ११ जनाको मृत्यु

हेटौंडा, असोज ५ : डेंगु राेग देशव्यापी रुपमा फैलिएको छ। त्यसको सबैभन्दा प्रभाव वाग्मती प्रदेशमा परेको छ। यो प्रदेशमा डेंगु राेगबाट ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको तथ्यांकअनुसार उक्त सङ्क्रमणका कारण वाग्मतीका ६ जिल्लामा ११ जनाको मृत्यु भएको हो।

सबैभन्दा बढी मृत्यु काठमाडौंमा भएको छ। काठमाडौंमा डेंगुका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। ललितपुर र सिन्धुपाल्चोकमा दुईदुई, मकवानपुर, सिन्धुली र धादिङ एकएकजनाको मृत्यु भएको छ।

वाग्मती प्रदेशमा हालसम्म १३ हजार ३ सय ७५ जना डेंगुका बिरामी फेला परेको छ। जसमा सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८ सय ७८ जना छन्।

काठमाडौँमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जनामा डेंगु संक्रमण पुष्टि भएके वाग्मती स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्