राष्ट्रपतिको कदम निर्वाचन विथोल्ने षड्यन्त्र : उपमहासचिव पुन

काठमाडौं, असोज ५ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
महासचिव पुनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास भएको विधेयक प्रमाणीकरण नगर्नु संविधानको घोर उल्लंघन भएको बताएका छन् ।
उनले यसलाई राष्ट्रपतिको अमानवीय कार्य समेत भनेका छन् । राष्ट्रपतिले आफ्ना नागरिकहरुलाई राज्यविहीन बनाएको आरोप लगाएका छन् । ‘सचेत रहौं, संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो, यो घटनाक्रम,’ उनले लेखेका छन् ।
प्रकाशित मिति: १३:०७ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











