Kathmandu Press

राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको निष्कर्ष 

राष्ट्रपतिको कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानहरु नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको विज्ञप्तिमा उल्लेख छ।  
राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको निष्कर्ष 

काठमाडौं, असोज ५ : पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्ष निकालेको छ । 

बुधबार बिहान बालुवाटारमा बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो । 

राष्ट्रपतिको कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानहरु नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको विज्ञप्तिमा उल्लेख छ।  

गठबन्धनले संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको पनि ठहर गरेको छ। 

गठबन्धनले राष्ट्रपतिको कदमका विरुद्ध सचेत रहन पनि सम्पूर्णलाई आह्वान गरेको छ। 

May be an image of text

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्