Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रपतिकाे कदमबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पेश भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन दलका नेताहरु छलफलमा जुटेका हुन् ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रपतिकाे कदमबारे छलफल

काठमाडौं, असोज ५ : सत्ता गठबन्धन दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारामा केहीबेरअघि बैठक सुरु भएको हो ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पेश भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन दलका नेताहरु छलफलमा जुटेका हुन् । आजको बैठकमा राष्ट्रपतिको कदमका बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए। 

बैठकमा मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ । सिट बाँडफाँटमा करिब ९० प्रतिशत सहमति जुटिसकेको भएपनि केही निर्वाचन क्षेत्रमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । 

गठबन्धनका एक नेताका अनुसार आजको बैठकमा शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यहरु पनि सहभागी छन् । आजै सहमति गरेर टुंगो लगाउने गरी छलफल हुने ती नेताले जानकारी दिए। 

 

प्रकाशित मिति: १०:३२ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्