हाइ स्कोरिङ म्याचमा भारतमाथि अस्ट्रेलियाको जित
मोहालीमा क्यामरुन ग्रीन र म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङ गरेपछि भएको हाइ स्कोरिङक म्याचमा अस्ट्रेलियाले भारतमाथि ४ विकेटको जित निकाल्यो ।
काठमाडाैं, असाेज ५ : टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया घरेलु टोली भारतमाथि सहज जित निकालेको छ। मंगलबार राति मोहालीमा भएको हाइ स्कोरिङक म्याचमा अस्ट्रेलियाले भारतमाथि ४ विकेटको जित निकाल्यो ।
२०९ रनको विशाल लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ६ विकेटको क्षतिम भेट्टायो । उसका लागि अलराउन्डर क्यामरुन ग्रीन र म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङ गरे।
ग्रीननले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाउँदा म्याथ्यु वेडले २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा रनमा अविजित रहे ।
भारतका लागि अक्षर पेटलले सर्वाधिक ३ विकेट लिँदा उमेश यादवले २ तथा युजभेन्द्र चहलले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनायो । भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ७१ रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले ३० बलमा ७ चौका र ५ छक्का प्रहार गरे।
यस्तै, लोकेश राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रन बनाउँदा सूर्यकुमार यादवले २५ बलमा ४६ रन बनाए। अष्ट्रेलियाका नाथन एलिसले सर्वाधिक ३ तथा जोश हेजलउडले २ विकेट लिए।
३ खेलको सिरिजको दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ।











