Kathmandu Press

नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन: यादव

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।
नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन: यादव

काठमाडौं, असोज ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएर पठाएको विधेयक प्रमाणिकरण नगर्नु गलत भएको उनको भनाइ छ। राष्ट्रपति भण्डारीले संसदीय लोकतान्त्रिक प्रमाणलीमाथि प्रहार गरेको उनको उनले बताएका छन्।

राष्ट्रपतिको यस कदमको विरोध गर्ने उनको भनाइ छ। यस विषयमा सत्तारुढ गठबन्धनको बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए।

प्रतिनिधिसभाले गत साउन २० गते दोस्रो पटक नागरिकता विधेयक प्रमाणिकरणका लागि पठाएको थियो। संसद् दोस्रो पटक पठाएको विधेयक जसरी पनि १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, राष्ट्रपतिले दोस्रो पटक मंगलबार १५ दिन पुगे पनि विधेयक प्रमाणिरण गरिनन्।

प्रकाशित मिति: ०९:०५ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्