Kathmandu Press

सीट बाँडफाँड टुंग्याउन गठबन्धनको बैठक आज

आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।
सीट बाँडफाँड टुंग्याउन गठबन्धनको बैठक आज

काठमाडौं, असोज ५ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक बस्न लागेको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। अहिलेसम्म ८० प्रतिशत सीटमा भागबण्डा मिलिसकेको र आज बस्ने बैठकले बाँकी सीट टुंग्याउने बताए।

यसअघि मंगलबार पनि गठबन्धनको बैठक बसेको थियो। त्यसमा पनि सीट बाँडफाँडकै विषयमा छलफल भएको छ।

गठबन्धनमा रहेका पाँच दलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन्। त्यसकै आधारमा सीट बाँडफाँडमा जुटिरहेका छन्।

यसअघि सीट बाँडफाँडका लागि कार्यदल पनि बनाएका थिए। कार्यदलमा देशभरका निर्वाचन क्षेत्रको अवस्था विश्लेषण गरेर प्रतिवेदन बुझाइसकेको छ।

त्यसकै आधारमा सीट बाँडफाँड गर्न शीर्षनेता छलफल गर्दै आइरहेका छन्। आज टुंगो लगाउने कोसिस हुने नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको भनाइ छ।

 

प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्