Kathmandu Press

खाद्य कम्पनीले घटायाे खाने तेलकाे मूल्य

मूल्य घटेसँगै अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्छन्।
खाद्य कम्पनीले घटायाे खाने तेलकाे मूल्य

काठमाडाैं, असाेज ४ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ। छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्छन्।

ब्रान्ड अनुसार तेलकाे बजार मूल्य फरक भएपनि पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ ।

सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो ।

असोज १ गतेदेखी सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो। जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । मंगलबार मूल्य पुन: घटाइएको हो ।

सहुलियत पसल असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति: २१:०३ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्