Kathmandu Press

सेनाको हेलिकप्टर धनगढी पुग्यो, डा. केसी काठमाडौं आउन मानेनन्

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सेनाको हेलिकप्टर धनगढी पुगेको हो । 
सेनाको हेलिकप्टर धनगढी पुग्यो, डा. केसी काठमाडौं आउन मानेनन्

काठमाडौं, असोज ४ : चिकित्सा स्वास्थ्य सुधारको माग राख्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर धनगढी पुगेको  छ। 

सेति प्रादेशिक अस्पतालका चिकित्सकले डा केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भेनपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन सेनाको हेलिकप्टर धनगढी पुगेको हो । 

तर, डा. केसीले भने काठमाडौं जान इन्कार गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारीको टोलीले काठमाडौं जान आग्रह गरेपनि आफूलाई जटिल समस्या नभएको भन्दै डा. केसीले काठमाडौं जान इन्कार गरेको बताइएको छ। 

उनले आफूलाई जबरजस्ती नगर्न समेत आग्रह गरेका छन् । 

अनसन सुरु गरेकै भोलिपल्टबाट डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । दुईदिन पछि उनको स्वास्थ्यमा खराबी आएपछि सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरी उपचार गरिएको थियो ।

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्