Kathmandu Press

माइतीघरमा नागरिकताविहीन युवाहरुको प्रदर्शन, विधेयक प्रमाणीकरण गर्न माग

नागरिकताविहिन युवाहरुले नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा धर्ना दिएका छन्।  
माइतीघरमा नागरिकताविहीन युवाहरुको प्रदर्शन, विधेयक प्रमाणीकरण गर्न माग

काठमाडौं, असोज ४ : नागरिकताविहिन युवाहरुले नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा धर्ना दिएका छन्।  

नागरिकता सम्बन्धी कानून अघि नबढ्दा आफुहरु नागरिकताविहिन हुन पुगेको भन्दै उनीहरुले धर्ना दिएका हुन्। उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकसुत्रीय माग राखेका छन् । 

प्रदर्शनमा सहभागी युवाहरुले ‘बुबा आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ? , नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म ? भन्दै प्रश्न गरेका छन् । नागरिकता विहिन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफ्ना मागहरु संविधान अनुरुप नै भएको बताए। 

अहिले आठौं चरणको आन्दोलन अन्तर्गत बुबा आमा दुवै नेपाली नागरिक भएपछि आफुहरुले पनि नागरिकता पाउनुपर्ने भन्दै धर्नामा बस्नुपरेको उनले बताउनुभयो । उहाले छिटो भन्दा छिटो नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने बताए। 

त्यस्तै पर्साका उत्तम कुमारले आफुसंग नेपाली नागरिकता हुँदा पनि आफ्नो छोराछोरीले नागरिकता पाउन नसकेको गुनासो गरे। उनले संविधानमा कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने उल्लेख भएपनि प्रशासन कार्यालयले नागरिकता नदिएको बताए। 

यसअघि संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक अहिलेसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन । 

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्