Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने पक्षमा सरकार छैन : कानुनमन्त्री 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । 
संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने पक्षमा सरकार छैन : कानुनमन्त्री 

काठमाडौं, असोज ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । 

मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए। 

उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफु ढुक्क रहेको धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माणमा केहि ढिलाई मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । उनले इतिहासको बिषय भएका कारण सवै पीडितको सत्य न्याय र परिपुरणको अधिकारको सुनिश्चीत गर्न सफल हुने विश्वास व्यक्त गरे। 

त्यस्तै मन्त्री कोईरालाले सरकारले बिभिन्न मापदण्डका आधारमा द्धन्दपीडितको बर्गिकरण गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्