Kathmandu Press

स्वदेश फर्कियो यू–२० टिम

एसियन कपमा छनोट हुने लक्ष्यसहित बहराइन पुगेका नेपाली टिम एउटै खेल जित्न असफल भयो।
स्वदेश फर्कियो यू–२० टिम

काठमाडाैं, असाेज ४ : बहराइनमा भएको यू–२० एसियन कप छनोट खेलेर नेपाली यूवा फुटबल टिम स्वदेश फर्किएको हो। आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम सोमबार राति स्वदेश फर्किएको हो।

नेपाली टोलीलाई त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलमा एन्फा पदाधिकारीले स्वागत गरेका थिए। एसियन कपमा छनोट हुने लक्ष्यसहित बहराइन पुगेका नेपाली टिम एउटै खेल जित्न असफल भयो।

पहिलो खेलमा भुटानसँग २–०ले अप्रत्यासित रुपमा पराजय बेहोरेको नेपाली टिम त्यसपछि कतारसँग ३–१, आयोजक बहराइनसँग ६–० र अन्तिम खेलम बंगलादेशसँग ३–०ले पराजित भएको थियो।

 

प्रकाशित मिति: १०:०४ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्