Kathmandu Press

समानुपातिकतर्फ ४८ दलले बुझाए उम्मेदवारको सूची

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्।
समानुपातिकतर्फ ४८ दलले बुझाए उम्मेदवारको सूची

काठमडाौं, असोज ४ : आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्।

आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४८ दलले धरौटी रकम बुझाएको जानकारी दिएका छन्। आयोगको टोलीले आज बिहानसम्म उम्मेदवारको बन्दसूची दर्ता कार्य गरेको छ।

समानुपातिकको बन्दसूची बुझाउन असोज २ र ३ गतेको समय तोकिएको थियो। तर, अधिकांश राजनीतिक दलले असोज ३ गते मात्रै बन्दसूची बुझाएका थिए।

अझ अबेर साँझ मात्रै बन्दसूची बुझाएकाले दर्ता गर्न समय लागेको आयोगका प्रवक्ता पौडेलले बताए। रातभर दर्ता गर्नमै लागेको उनले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिने निवेदन दिएका थिए। तीमध्ये पनि ४८ दलले मात्रै बन्दसूची बुझाएका हुन्।

त्यस्तै, प्रदेश १ र मधेश प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको प्रवक्ता पौडेलले बताए।

आयोगले आजबाट बन्दसूची छानबिन शुरु गर्नेछ। असोज १९ गतेसम्म बन्दसूची सच्याउने समय तोकिएको छ।

प्रकाशित मिति: ०७:४७ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्