निर्वाचन परीवेक्षण गर्न ३६ संस्थाले पाए अनुमित
आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन परीवेक्षण गर्न ३६ संस्थाले अनुमति पाएका छन्।
काठमाडौं, असोज ४ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन परीवेक्षण गर्न ३६ संस्थाले अनुमति पाएका छन्।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ। त्यसको अनुगमन गर्न दुई वटा अन्तर्राष्ट्रिय संस्था र ३४ वटा राष्ट्रिय संस्थाले अनुमति पाएको आयोगले जनाएको छ।
अन्तर्राष्ट्रिय संस्थामा सार्क मानव अधिकार फाउन्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सन रहेका छन्।
त्यस्तै, राष्ट्रिय संस्थामा निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माण मञ्च नेपाल, नेपाल युवा परिषद, राष्ट्रिय व्यवसायिक पहल, संकल्प शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल र डेमोक्रेसीरिसोर्स सेन्टर नेपाल रहेका छन्।
यस्तै, वमेन एक्ट, न्यू भिजन नेपाल, युथ वकालत नेपाल, सुशासन महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अंगालो ज्येष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, ज्येष्ठ नागरिक सेवा केन्द्र र परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाललाई पनि परीवेक्षणको अनुमति दिइएको आयोगले जनाएको छ।
यससँगै शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार संगठन, नेत्रहिन युवा संघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबीनिवारण तथा वातावरण संरक्षण नेपाल, नेपाल र्यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, विश्वकीर्तिमानी समाज र महिला पुनर्स्थापना केन्द्रले अनुमति पाएका छन्।
यस्तै, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, सामूहिक अभियान, जनचेतना नेपाल, पूर्वन्यायाधीश फोरम नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, एक अर्थ नेपाल, बागेश्वरी असल शासन क्लब (बास), नेपाल जनप्रशासन संघ र आशा नेपालले परीवेक्षणको अनुमित पाएको छ।











